कोशी प्रदेश समाज

फरार प्रतिवादी लागुऔषध सहित पक्राउ

विराटनगर, १७ असार ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समुह (PIT) बाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित १ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । तेह्रथुम लालिगुराँस नगरपालिका-९ घर भई सुन्दरहरैचा नगरपालिका-४ मोरङमा डेरा लिई लुकिछिपी बस्दै आएका ४२ बर्षीय अमृत बहादुर भुजेल रहेका छन् ।
लागुऔषध मुद्धामा सम्मानित सुनसरी जिल्ला अदालतबाट मिति २०८०/१०/२६ गते पक्राउ अनुमति जारी भई फरार रहेका भुजेललाई खोजतलासको क्रममा फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका उनको साथबाट ब्राउनसुगर ३२ ग्राम ७४ मिलिग्राम, नगद ६७ हजार ६ सय रुयैँया र १ थान स्कुटर सहित नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका उनको थप अनुसन्धान तथा कानुनि कारवाही भईरहेको प्रहरीले जनाएको छ ।

   

You cannot copy content of this page