खेलकुद

वडा अध्यक्षकप अन्तर पालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधि सप्तकोसीलाई

खगेन्द्र कार्की /
फत्तेपुर । सप्तरीको सप्तकोसी नगरपालिकाका वडा नम्बर ४ बलार्दहमा संचालित प्रथम वडा अध्यक्षकप अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधि सप्तकोसीले जितेको छ ।
मंगलबार भएको फाइनल खेलमा सप्तरीको डाक्नेश्वरी नगरपालिकालाई हराउँदै सप्तकोसी नगरपालिकाले उपाधि जितेको हो ।
सप्तकोसी नगरपालिका वडा नम्बर ४ को आर्थिक सहयोगमा खेलकुद बिकास समिति सप्तकोसी नगरपालिकाद्वारा आयोजित प्रथम वडा अध्यक्षकप अन्तर पालिका स्तरीय भलिबल प्रतियोगिताको फाइनल खेलमा डाक्नेश्वरी नगरपालिका लाई २७-२५,१९-२५,२५-१६,२३-२५ र १७-१५ को सेट अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको छ । प्रतियोगिताको म्यान अफ त म्याच सप्तकोसी नगरपालिकाका खेलाडी दिपेन राउत घोषित भए।
सप्तरी जिल्लाका सप्तकोसी नगरपालिकाका,डाक्नेस्वरि नगरपालिका,सुरुङा नगरपालिका ए र बि ,छिन्नमस्त गाउपालिका, खडक नगरपालिका, रुपनि गाउँपालिका र बिष्णुपुर गाउपालिका गरि ८ पालिकाले सहभागिता जनाएका थिए ।
प्रतियोगिताको बिजेता, उप बिजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथि तथा सप्तकोसी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद ढकाल, सप्तकोसी नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष जयराम खङ ,वडा नम्बर ४ का जेष्ठ नागरिक तथा समाजसेवी मुरारी कार्की लगायतले संयुक्तरुपमा नगद पुरस्कार क्रमशः ३३ हजार ३ सय ३३ रुपैयाँ, १५ हजार ५ सय ५५ रुपैयाँ र ट्रफि मेडल प्रमाणपत्र बितरण गरिएको नगर खेलकुद बिकास समितिका अध्यक्ष सुरेश खडकाले जानकारी दिए।

   

You cannot copy content of this page