कोशी प्रदेश समाचार समाज

खुकुरी प्रहार गरी आफ्नै ४६ वर्षीया आमाको हत्या गर्ने छोरा पक्राउ

तेह्रथुम । तेह्रथुबाट खुकुरी प्रहार गरी आफ्नै ४६ वर्षीया आमाको हत्या गर्ने छोरा पक्राउ परेका छन् । तेह्रथुमको लालिगुराँस नगरपालिका-८ स्थितका २३ वर्षीय दिपक नेपाली धारिलो हतियार खुकुरी प्रहार गरी आमाको हत्या गरेको आरोपमा पक्राउ परेका हुन ।
बिहीबार दिउँसो सामान्य विवादका कारण आफ्नै ४६ वर्षीया आमा तिलमाया नेपालीलाई शरिरको बिभिन्न भागमा धारिलो हतियार खुकुरीले प्रहार गर्दा उनको घटनास्थलमा नै मृत्यु भएको थियो ।
घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय तेह्रथुम र इलाका प्रहरी कार्यालय बसन्तपुरबाट प्रहरीको टोली खटिगई सम्पूर्ण कानुनि प्रकृया पश्चात शवलाई पोष्टमाटमको लागि जिल्ला अस्पताल म्याङलुङ पठाइएको छ ।
हत्यामा संलग्न नेपालीलाई प्रहरीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

   

You cannot copy content of this page