समाचार

सप्तकोसीमा जलसतह यो वर्षकै उच्च, ३९ वटा ढोका खुल्ला

कञ्चनरूप, २२ असार । सप्तकोसी नदीको जलसतह यस वर्षकै सबैभन्दा उच्च भएको छ । शनिबार साँझ ६ :१५ बजे कोसी ब्यारेजमा पानीको बहाब बढेर प्रतिसेकेण्ड ३ लाख ३ हजार ८६० क्युसेक जलसतह मापन गरिएको नियन्त्रण मापन केन्द्रले जानकारी दिएको छ ।
अहिले नदीको बहाव बढेसँगै कोशी ब्यारेजको ३९ वटा ढोका खोलिएका छन् । खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ।
पहाडी क्षेत्रमा हिजोदेखि निरन्तर वर्षा भएसँगै कोसी नदीमा जलसतह उच्च भएको कोशी व्यारेज कन्ट्रोल रुम प्रशासनले जनाएको छ ।
सप्तकोसीमा पानीको बहाव बढेपछि आसापासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।
सप्तकोसीमा पानीको बहाब प्रतिसेकेण्ड एक लाख ५० हजार कटेपछि खतरा मानिन्छ।
लगातार पानीको बहाव र तह बढ्दै गएपछि कोशी ब्यारेजमा सुरक्षा निगरानी बढाइएको छ ।

   

You cannot copy content of this page