समाचार समाज

त्रियुगा खोलाको बाढी बस्तीमा पस्दा सुकुम्बासी टोलका ५४ घर डुबानमा

कञ्चनरूप, २५ असार  । त्रियुगा खोलाको बाढी बस्तीमा पसेपछि सप्तरीको सप्तकोशी नगरपालिका– २ स्थित सुकुम्बासी टोल डुबानमा परेको छ ।
मंगलबार बिहान १० बजे त्रियुगा खोलाले पूर्वी तटबन्ध कटान गरी बाढी बस्तीमा पसेको हो । सप्तकोशी नगरपालिका– २ का वडा अध्यक्ष जाहिर हुसेनका अनुसार बाढीले सुकुम्बासी टोलका ५४ घर डुबानमा परेका छन्  । 
नेपाल प्रहरी, स्थानीयवासी यति बेला उद्धारमा जुटेका छन् । स्थानीयको अन्नपात, चौपाय, लताकपडा ढुवानमा परेका छन् । 
सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण त्रियुगा नदिबाट ओभरफुलुका कारण तटबन्ध कटान हुँदा सयौं बिघा खेतीयोग्य जमिन समेत जलमग्न भएको छ । 
यति बेला स्थानीयवासी, सशस्त्र प्रहरी, जनपथ प्रहरी उद्धारमा जुटिरहेका छन् ।

   

You cannot copy content of this page