राजनीति

केपी ओली प्रधानमन्त्री भएको खुशियालिमा सप्तरीमा दीप प्रज्वलन

कञ्चनरूप, ३१ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलि चौथो पटक प्रधानमन्त्री भएको खुशियालिमा नेकपा एमाले कञ्चनरूप नगर कमिटीले दीप प्रज्वलन गरेको छ ।
सोमबार सप्तरीको कञ्चनरूप १२ स्थित रुपनगर चौकमा दीप प्रज्वलन गरि खुशीयाली मनाएका हुन्  ।
सो कार्यक्रममा बोल्दै नेकपा एमाले कञ्चनरूप नगर कमिटीका अध्यक्ष बच्चुलाल चौधरीले हामीले हाम्रो पार्टीको अध्यक्ष प्रधानमन्त्री भएकोमा दीप प्रज्वलन गरी खुशीयाली मनाएको बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलिको नेतृत्वको टिमलाई देश र जनताको हितमा काम गर्ने शक्ति मिलोस भन्ने शुभकामना  समेत व्यक्त गर्नुभयो  ।
सो कार्यक्रममा जिल्ला कमिटी , प्रदेश कमिटी , नगर कमिटीका नेताहरु , वडा अध्यक्षहरु , महिला , युवा , विद्यार्थी , बुद्धिजिवि , समाजसेवि , पार्टीका कार्यकर्ताहरुको उल्लेख्य मात्रामा सहभागिता रहेको थियो ।
नगर कमिटी अध्यक्ष बच्चुलाल चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
त्यसैगरी अनेरास्ववियु,जिल्ला कमिटी सप्तरीले 
 आजै साँझ ६ बजे राजबिराज स्थित दशन चौक (नेता चौक) मा प्रधानमन्त्री लगायत सिंगो सरकारलाई बधाई तथा शुभकामना र एक दिप राष्ट्रको नाममा भनी दिप प्रज्ज्वलन गरि खुसियाली मनाएका छन् । 
नेता तथा कार्यकर्ताले दिप प्रज्वजन गर्दै खुशीयाली साटासाट गरेका थिए। 

   

You cannot copy content of this page