समाचार समाज

सप्तरीमा झुन्डिएको अवस्थामा एक युवकको शव फेला

कञ्चनरूप, ०३ साउन । सप्तरीमा झुन्डिएको अवस्थामा आज एक २७ वर्षीय युवकको शव फेला परेको छ । सप्तरीको अग्नीसाईर कृष्णसवरण गाउँपालिका वडा नम्बर २ स्थित चाँदनी बजारमा बिहीवार एक युवकको शव झुन्डिएको अवस्था फेला परेको हो ।
दिदीको घरमा बस्दै आएका सप्तरीको सुरुङ्गा नगरपालिका वडा नम्बर ५ का जिबछ विश्वकर्माको छोरा २७ वर्षीय कृष्ण विश्वकर्मा आफ्नै सुत्ने कोठामा झुन्डिएको अवस्था मृत भेटिएका हुन् ।
राती खाना खाएर सुतेको सालो विहान अबेरसम्म नउठेपछि झ्याल खोलेर हेर्दा डोरीले गलामा पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएको र भित्रबाट ढोकाको चुकुल लगाएर डोरीको पासो लगाई झुण्डिएको देखेपछि प्रहरीलाई तुरुन्तै खबर गरिएको मृतकका भिनाजु शिवसुन्दर विश्वकर्माले बताउनुभयो ।
घटना स्थलमा प्रहरी निरीक्षक अवधकिशोर ओझाको नेतृत्वमा प्रहरी अनुसन्धान टोली खटी युवाको शव परिक्षणका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको तथा घटना बारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनरूपले जनाएको छ ।
कृष्ण १२ वर्षदेखी भिनाजुसंगै रुपनी ६ स्थित विरेन्द्र बजारमा सुनचाँदीको गहना बनाउने कालिगडको काम गर्दै आएका थिए ।

   

You cannot copy content of this page