समाचार

उदयपुरमा करेन्ट लाग्दा २६ वर्षीय राजीव कुमारको मृत्यु

उदयपुर, १० साउन । उदयपुरमा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुरगढी गाउँपालिका-६ ओदालेका २६ वर्षीय राजीव कुमार मगर रहेका छन् । 

बुधबार अपरान्ह आफ्नै धान बालीमा मोटरबाट पानी लगाउने क्रममा करेन्ट लागेर मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

घटना सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

   

You cannot copy content of this page