समाचार

सप्तरीमा धानखेतमा घोप्टो परेको अवस्थामा ४५ वर्षीय पुरुषको शव फेला

कञ्चनरूप, २२ साउन । सप्तरीमा धानखेतमा घोप्टो परेको अवस्थामा एक ४५ बर्षीय पुरुषको शव फेला परेको छ । 
जिल्लाको छिन्नमस्ता गाउँपालिका-१ वरही वीरपुर स्थित राजविराज- कुनौली खडक खण्ड अन्तर्गत मंगलबार  सिरहाको लहानका ४५ वर्षीय पवनकुमार कर्णको शव धानखेतमा घोप्टो परेको अवस्थामा फेला परेको हो ।
घटनास्थलमा प्रहरी खटी शव परिक्षणका लागि राजविराज ल्याइएको तथा घटना बारे थप  अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
 प्रहरीका अनुसार कर्ण घटनास्थलनजिकै बन्द अवस्थामा रहेको इँटा उधोगमा मुन्सीको रूपमा रहेका थिए । उनी अत्याधिक मदिरा सेवन गर्ने र सधै राती फर्कने गर्दथे । राती पानी परेकोले कोठातिर फर्कने क्रममा खेतमा जमेको पानीमा लडेर उनको मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ ।
यधपी प्रहरीले भने मेडिकल रिपोर्ट नआएसम्म मृत्युको कारण बारे भन्न नसकिने जनाएको छ ।

   

You cannot copy content of this page