समाचार

अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ

काठमाडौं । अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर बस्ने २१ वर्षीय लक्ष्मी माझी रहेकी छन् ।
माझीले बिभिन्न व्यक्तिलाई अमेरिका पठाइदिन्छु, राम्रो सजिलो काम हुन्छ जहाँ मासिक २ लाख रुपैयाँ तलव सम्म हुन्छ भन्दै प्रलोभनमा पारी ५४ लाख ७ हजार ८ सय ७० रुपैयाँ लिई फरार रहेको थिइन् ।
खोजतलास गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धानको कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई तारकेश्वरबाट पक्राउ गरेको हो ।

   

You cannot copy content of this page