मधेस प्रदेश राजनीति

मधेशका मुख्यमन्त्री सिंहले गरे ८ राज्यमन्त्री बर्खास्त

राजविराज । मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले ८ जना राज्यमन्त्रीलाई हटाएका छन् ।
२० सदस्यीय जम्बो मुख्यमन्त्री परिषद् बनाएको भन्दै आलोचना भएपछि मुख्यमन्त्री सिंहले आज सबै पार्टीबाट राज्यमन्त्री बनेकालाई हटाएका हुन् ।
मधेशको मन्त्रिपरिषद अब १२ सदस्यीय भएको छ । जसमा ११ मन्त्रालयमा १/१ जना मन्त्री र एक मुख्यमन्त्री छन् ।
प्रदेश सरकारले गत मंगलबार रेखा ठाकुर, निलम कुमारी रजक, रामबाबु यादव, शम्भु साह र मोहम्मद जैद आलमलाई राज्यमन्त्रीमा नियुक्त गरेको थियो भने त्यसअघि केशव राय, शारदा देवी थापा र रञ्जुकुमारी मण्डल खङ्ग राज्यमन्त्रीमा नियुक्त भएका थिए ।

   

You cannot copy content of this page