मधेस प्रदेश समाचार समाज

सप्तरीको शम्भुनाथ मन्दिर जाने बाटोमा एक पुरुषको शव फेला

कञ्चनरूप । सप्तरीमा बुधबार एक पुरुषको शव फेला परेको छ। जिल्लाको शम्भुनाथ नगरपालिका–३ स्थित शम्भुनाथ मन्दिर जाने बाटोमा तराई मूलको जस्तो देखिने ५०/५५ वर्षका पुरुष मृत अवस्थामा फेला परेका हुन ।
मृतकको पहिचान नखुलेको तथा शव परिक्षणका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
मृत भेटिएको पुरुषको पहिचानका लागि प्रयास जारी राखिएको तथा घटना बारे थप अनुसन्धान भईरहेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो ।

   

You cannot copy content of this page