समाचार समाज

कञ्चनरुपमा मन्दिरको चोरी भएको घण्टी सहित एक युवक पक्राउ

कञ्चनरूप , ३१ साउन । सप्तरीको कञ्चनरूपमा मन्दिरको चोरी भएको घण्टी सहित एक जना युवक पक्राउ परेका छन् । 
पक्राउ पर्नेमा जिल्लाको कञ्चनरूप नगरपालिका वडा नम्बर १२ का ३५ वर्षिय राजकुमार बोगटी रहेका छन् । 
बुधबार रातीको समयमा कञ्चनरूप १२ रुपनगर प्रगतिटोल स्थित रहेको त्रिपुरेश्वर (त्रिमार्ग) शिवालय मन्दिरको घण्टी चोरी भएको थियो ।
मन्दिरमा रहेको ३ वटा घण्टी , २ वटा कलश लगायत  ५० हजार मुल्य बराबरको सरसमानसहित बोगटीलाई स्थानीयले कञ्चनरुप ७ आदर्श टोलबाट पक्राउ गरि प्रहरीको जिम्मा लगाएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
चोरीको बारेमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय कञ्चनरूपले जनाएको छ ।
बिहीवार बिहान पुजारी मन्दिरमा पुजा गर्न जादा घण्टी नदेखे पछि स्थानीयलाई जानकारी गराएका थिए ।

   

You cannot copy content of this page