मधेस प्रदेश समाचार समाज

सप्तरीको बरमझियामा ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

कञ्चनरूप , ३२ साउन । सप्तरीको कञ्चनरुप नगरपालिका- ३ बरमझियास्थित पूर्व-पश्चिम राजमार्गमा शुक्रबार ट्‌यांकरले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ ।
दुर्घटनामा सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर १ गौतमपुरका अन्दाजी ४१ वर्षका महेशकुमार मेहताको घटनास्थलमा मृत्यु भएको तथा ४१ वर्षका जयप्रकाश मेहताको उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका मेहताको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको नेपाल आयल निगमको को १ ख ७४१४ नम्बरको ट्यांकरले विपरीत दिशाबाट आउंँदै गरेको प्र १-०२०४७ प १२८० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएकाे थियो ।
ट्यांकर चालक सिरहाको कर्जना नगरपालिका–३ का ३२ वर्षीय मिथलेश यादव समेत घाइते भएका छन्। उनको कञ्चनरुपस्थित धर्मेश्वर अस्पताल धरमपुरमा उपचार भइरहेको छ।

 दुर्घटनाग्रस्त मोटरसाइकल र ट्यांकर इलाका प्रहरी कार्यालय कञ्चनरुप सप्तरीको नियन्त्रणमा राखिएको छ।

   

You cannot copy content of this page