मधेस प्रदेश राजनीति

थारु कल्याणकारिणी सभा चितवनद्वारा मन्त्री लेखीलाई सम्मान

राजविराज, २ भदौ । मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीलाई थारु कल्याणकारिणी सभा माडी चितवनले सम्मान गरेको छ । 
संस्थाका पूर्व केन्द्रीय अध्यक्ष समेत रहनुभएका मन्त्री लेखीलाई आइतबार कार्यकाल सफलताको शुभकामना सहित थाकसले सम्मान गरेको हो  ।
थाकस, (क्षेत्र नं. १) माडीको सभाहलमा एक कार्यक्रम बिच थारु थाकस चितवनका अध्यक्ष ललित चौधरी,  थाकस, माडीका अध्यक्ष शुक्रमीया चौधरी सहित माडी नगरप्रमुख ताराकुमारी काजी महतो लगायतले मन्त्री लेखीलाई सम्मान गर्नुभयो ।
उक्त अवसरमा मधेश प्रदेशमा पर्ने ठोरी गाउँपालिकालाई माडी नगरसंग जोड्ने बगहीँ-अमुवा (निकुञ्ज) सडकखण्डको स्तरोन्नति गरिदिन मन्त्री लेखीलाई अनुरोध गरिएकोमा मन्त्री लेखीले त्यसबारे सोमबार (भोलि) नै ठोरी गाउँपालिकाका जनप्रतिनिधिहरुसंग भेट गरी सो परियोजना अगाडि बढाउन पहल गर्ने आश्वासन दिनुभयो ।
मन्त्री लेखीलाई माडी नगरप्रमुख महतोले समेत आफ्नो कार्यालयमा स्वागत गरी विभिन्न बिषयमा छलफल गर्नुभएको थियो । 
स-परिवार माडी आउनुभएका मन्त्री लेखीले आइतबार माडीका विभिन्न पर्यटकीय स्थलहरुको अवलोकन भ्रमण समेत गर्नुभएको छ ।

   

You cannot copy content of this page