समाचार

बाघ र भैंसीको भिडन्तमा बाघको मृत्यु

मकवानपुर , ६ भदौ ।
भैंसी र बाघको दोहोरो भिडन्तमा बाघको मृत्यु भएको छ ।
मकवानपुर जिल्लाको मनहरी गाउँपालिका–६ प्रतापुरमा एक जंगली बाघ मृत अवस्थामा फेला परेको छ। बिहीवार बिहान करिब ३ः१५ बजे स्थानीय बल बहादुर राईको गोठमा यो घटना भएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ।
प्रहरीका अनुसार अनुसन्धानका क्रममा बाघ बृद्धअबश्थाको रहेको र भैंसीसंगको भिडन्तमा बाघको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।
बाघ र भैंसीको भिडन्त हुन थालेपछि घरधनी र छिमेकीले थाहा पाएका थिए । उनिहरु गोठमा पुग्दा बाघ मरिसकेको र भैंसी घाइते अवस्थामा
रहेको बताइएको छ । गर्धन सहित शरीरको केही भागमा चोट लागेपनी भैंसीको अवस्था सामान्य रहेको बताइएको छ । घटना स्थल चितवन रास्ट्रिय निकुञ्जको क्षेत्र भित्र पर्ने भएकाले बिहान करिव ६.१५ बजे निकुञ्जका सुरक्षार्थ खटिएका नेपाली सेनाको टोलिले मृत बाघलाई आफ्नो नियन्त्रणमा लिएका थिए ।कञ्चनरुप , ६ भदौ ।
भैंसी र बाघको दोहोरो भिडन्तमा बाघको मृत्यु भएको छ ।
मकवानपुर जिल्लाको मनहरी गाउँपालिका–६ प्रतापुरमा एक जंगली बाघ मृत अवस्थामा फेला परेको छ। बिहीवार बिहान करिब ३ः१५ बजे स्थानीय बल बहादुर राईको गोठमा यो घटना भएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ।
प्रहरीका अनुसार अनुसन्धानका क्रममा बाघ बृद्धअबश्थाको रहेको र भैंसीसंगको भिडन्तमा बाघको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।
बाघ र भैंसीको भिडन्त हुन थालेपछि घरधनी र छिमेकीले थाहा पाएका थिए । उनिहरु गोठमा पुग्दा बाघ मरिसकेको र भैंसी घाइते अवस्थामा
रहेको बताइएको छ । गर्धन सहित शरीरको केही भागमा चोट लागेपनी भैंसीको अवस्था सामान्य रहेको बताइएको छ । घटना स्थल चितवन रास्ट्रिय निकुञ्जको क्षेत्र भित्र पर्ने भएकाले बिहान करिव ६.१५ बजे निकुञ्जका सुरक्षार्थ खटिएका नेपाली सेनाको टोलिले मृत बाघलाई आफ्नो नियन्त्रणमा लिएका थिए ।
प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ । यस घटनाले वन्यजन्तु र मानव बस्तीबिचको द्वन्दको जोखिमलाई बढाएको छ ।

   

You cannot copy content of this page