समाचार

जसपाका सुनसरी जिल्ला अध्यक्ष राई एमालेमा प्रवेश

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) सुनसरीका जिल्ला कमिटी अध्यक्ष रवीन राई नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।
शुक्रबार नेकपा एमाले सुनसरी जिल्ला कमिटीको प्रथम पुर्णबैठकमा राई एमाले प्रवेश गर्नुभएको हो । राई लगायत एमाले प्रवेश गर्ने नेताहरूलाई नेकपा एमाले स्थायी कमिटी सदस्य एवं कोशी प्रदेश इञ्चार्ज शेरधन राई लगायतका नेताहरूले पार्टीमा स्वागत गर्नुभयो ।
बैठकले मिसन २०८४ लाई केन्द्रित गरी पार्टीका जिल्ला नेताहरूको कार्यविभाजन गर्नुका साथै वार्षिक कार्ययोजना र बजेट समेत निर्माण गरेको छ ।
एमाले प्रवेश गर्नुभएका राईले नेपालको राजनीतिक आन्दोलनको मूलधार नेकपा एमाले नै भएकाले आफू एमालेमा समाहित भएको बताउनुभयो । देशलाई निकास दिन एमाले बाहेक अन्य दलले नसक्ने उहाँले सुनाउनुभयो । पार्टीले दिएको जिम्मेवारीमा बसेर काम गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै एमाले केन्द्रीय सदस्य शेरधन राईले सानातिना मतभेदलाई बिर्सिएर पार्टीको सबै ध्यान मिसन २०८४ मा केन्द्रित गर्नुपर्ने बताउनुभयो । उहाँले २०८४ को निर्वाचनमा एमालेलाई पहिलो राष्ट्रिय शक्ति बनाउने अभियानमा लाग्न नेता, कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले सबै राष्ट्रभक्त नेपालीहरूलाई नेकपा एमालेमा समाहित हुन पनि आह्वान गर्नुभयो ।

   

You cannot copy content of this page