समाचार

बिदेशमा रहेका युवाहरुलाई स्वदेशमै फर्काउने तयारी रहेको : प्रम ओलि

काठमाडौं, ८ भदौ ।
नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपालीहरूलाई स्वदेश फर्काउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
शनिबार युथ कन्क्लेभमा बोल्दै उहाँले युवाहरु देशको मेरुदण्ड भएकाले युवाहरुलाइ देशमै रोजगारीको अवसर सृजना गर्न सरकार प्रतिबद्ध रहेको बताउदै उहाँले धेरैजसो युवाहरू नेपाल फर्किन तयार रहेको र सरकारले त्यसका लागि अनुकूल वातावरण बनाइरहेको उल्लेख गर्नुभयो ।
युवाहरुलाई स्वदेशमा फर्काउने कार्यक्रम ल्याउन अहिलेको सरकारसंग आशा र भरोसा गर्नुस प्रधानमन्त्री ओलिले भन्नू भयो ।उहाँले आफ्नो सरकार देशमा बिकास र परिवर्तन ल्याउने उदेश्यले बनेको र यसमा बिश्वास गर्न आग्रह गर्नु भयो ।उहाँले समाजमा बढदो नकारात्मक र स्वार्थी प्रवृत्तिमा वृद्धि भएकोमा चिन्ता ब्यक्त गर्दै यसले बलात्कार जस्ता अपराध बढाएको बताउनु भयो । समाजमा मानिसले असल र सामाजिक प्राणि भएर बाच्न र रहन सक्नुपर्छ अनि मात्र समाजलाई परिवर्तन गर्न सकिन्छ उहाँले भन्नू भयो । बलात्कारीलाई कडा कार्वाही गरिने र यस्ता अपराध रोक्न आवश्यक कदम चालिने प्रधानमन्त्री ओलिले भन्नू भयो ।
यसैगरी देशमा छिटोभन्दा छिटो महिला प्रधानमन्त्री बनाउने पनि योजना रहेको उहाँले बताउनु भयो युथ कन्क्लेभमा युवाहरूले सोधेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले यसका लागि केही तयारी आवश्यक रहेको उल्लेख गर्नुभयो ।
म महिला प्रधानमन्त्री बनाउन चाहन्छु, तर त्यसका लागि अलिकति तयारी गर्नुपर्छ ।’ प्रधानमन्त्री ओलीले भन्नुभयो । उहाँले तत्काल महिला प्रधानमन्त्री बनाउन नसकिने तर यसबारे गम्भीरतापूर्वक सोचिरहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा महिला सशक्तीकरणका लागि गरेका प्रयासहरूको पनि उल्लेख गर्नुभयो । उहाँले आफ्नो पहलमा नेपालमा पहिलो महिला राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख, रक्षामन्त्री र पहिलो महिला मुख्यमन्त्री बनेको स्मरण गराउनुभयो ।
त्यसैगरी, प्रधानमन्त्री ओलीले सरकारी भ्रमण टोलीमा महिला सहभागिता अनिवार्य गरेको पनि जानकारी गराउनुभयो । ‘विदेश भ्रमण वा कुनै प्रतिनिधिमण्डलमा जाँदा महिला अनिवार्य गर्ने व्यवस्था मिलाएको छु ।’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

   

You cannot copy content of this page