समाचार

लुम्बिनी बिकास बैंक फत्तेपुर शाखा प्रमुख पौडेललाई ७ केजिको माला लगाएर बिदाइ

खगेन्द्र कार्की  /
फत्तेपुर । सप्तरीको सप्तकोसी नगरपालिका १ फत्तेपुरमा रहेको लुम्बिनी बिकाश बैंकका शाखा प्रमुख रमेश पौडेललाई सात केजीको माला लगाएर फत्तेपुरबाट आइतबार बिदाइ गरिएको छ ।
बिगत ९ बर्ष देखि फत्तेपुरमा रहेको लुम्बिनी बिकास बैंकको शाखा प्रमुखको रुपमा रहि सप्तकोसीमा रहेर बैंककिङ,खेलकुद र सामाजिक कार्यमा उत्कृष्ट कार्य गर्दै आएका थिए । 
पौडेल अफिसियल सरुवा भै मोरङको शुन्दर हरैचामा रहेको लुम्बिनी बिकास बैंकमा शाखा प्रमुखको रुपमा सरुवा भै जान लाग्दै गर्दा जिल्ला ब्याडमिन्टन संघ सप्तरी, सप्तकोसी  नगर खेलकुद बिकाश समिति ,न्यु त्रियुगा स्पोर्ट्स क्ल्ब फत्तेपुर र ब्याडमिन्टन खेलाडीहरु द्वारा संयुक्तरुपमा आयोजना गरिएको बिदाइ तथा फेरि भेटौला कार्यक्रमको आयोजना गरि रमेश पौडेललाइ ७ केजिको फुलको माला खादा र  मायाको चिनो प्रदान गरि बिदाइ गरिएको जिल्ला ब्याडमिन्टन संघ सप्तरीका अध्यक्ष दिपक कार्कीले बताए ।
बिदाइ कार्यक्रममा बोल्दै संघका अध्यक्ष कार्कीले भने रमेश पौडेल एउटा बैंकको शाखा प्रमुखको रुपमा मात्र नभई समग्र सामाजिक क्षेत्रमै उल्लेखनीय योग्दान दिदै  आउनु भएको थियो र अब सरुवा भएर गएको ठाउँमा पनि यस्तै उत्कृष्ट कार्यको कामना गर्दै सफल कार्यकालको शुभकामना दिनु भएको थियो । 
रमेश पौडेल लुम्बिनी बिकाश बैंकको शाखा प्रमुखकोरुपमा फत्तेपुर रहदा लुम्बिनी बिकाश बैंकले सप्तरीको सप्तकोसी,कंचनपुर,अग्निसाइर कृष्णसण,हनुमाननगर कंकालिनि र उदयपुरको बेलका र चौडन्ढिगढि नगरपालिकामा समेत उत्कृष्ट बैंककिङ सेवा प्रबाह गरि सर्वसाधारणहरुमा बैंककिङ सहजता बनाएका थिए।
 रमेश पौडेलको पहलमा बैंकले सामाजिक उतरदायित्व बहन गर्दै फत्तेपुरमा कभर्डहल निर्माण र फत्तेपुर प्रहरी  चौकि निर्माणमा आर्थिक सहयोग गरेको थियो भने कोरोना कालमा कोभिड बाट ग्रसित सप्तकोसी नगरपालिका लाइ राहत स्वरुप खाद्यान्न उपलब्ध गराएर पीडित सर्वसाधारणलाइ सहयोग गरेको थियो ।
पौडेलको बिदाइ तथा फेरि भैटौला कार्यक्रममा लुम्बिनी बिकास बैंक फत्तेपुर शाखाको शाखा प्रमुखको रुपमा आएका आशिष भट्टराईलाइ स्वागत गर्दै संघ , क्ल्ब र ब्याडमिन्टन खेलाडीहरुले  लुम्बिनी बिकाश बैंक र रमेश पौडेलले दिएको योगदानको  चर्चा गर्दै गर्दै सरुवा भै गएको नयाँ शाखा सफल कार्यकालको शुभकामना दिएका छ्न।

   

You cannot copy content of this page