कोशी प्रदेश समाचार समाज

कानेपोखरीमा खोलामा नुहाउने क्रममा डुबेर ८ वर्षीया बालिकाको मृत्यु

विराटनगर , ९ भदौ । मोरङको कानेपोखरीमा खोलामा नुहाउने क्रममा डुबेर बालिकाको मृत्यु भएको छ ।
मोरङको कानेपोखरी गाउँपालिका-४ ज्यामिरे स्थित भलुवा खोलामा नुहाउने क्रममा डुबेर पाचँथरको कुम्मायक गाउँपालिका-१ यासोक घर भइ हाल कानेपोखरी-४ मा फुपुको घरमा बस्दै आएकी छगेन्द्र राना मगरको ८ वर्षीया छोरी तुलसा राना मगरको मृत्यु भएको हो ।
८ बर्षीया तुलसाको शनिबार अपरान्ह पौने ५ बजे नुहाउने क्रममा खोलामा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
घटनास्थलको कानूनी प्रकृया पुरा गरी शवलाई पोष्टमार्टमकोलागी ट्रमा सेन्टर उर्लावारी पठाएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

   

You cannot copy content of this page