कोशी प्रदेश समाचार समाज

इटहरीमा घरमा वाईरिङ गर्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु

बिराटनगर, १६ भदौ । सुनसरीको इटहरीमा करेन्ट लागेर एक जना ५० वर्षीय पुरुषको मृत्यु भएको छ । 
इटहरी उप-महानगरपालिका-२ स्थितमा शनिबार साँझ निर्माणाधिन घरमा वाईरिङ गर्ने क्रममा अचानक करेन्ट लाग्दा ५० वर्षीय पाचु उराउको घटनास्थलमा नै मृत्यु भएको हो ।
 घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरीको टोलीले शवको कानूनी प्रकृया पुरा गरी पोष्टमार्टमको लागी बि.पि.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान घोपा पठाएको छ । 
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

   

You cannot copy content of this page