अर्थतन्त्र समाचार

पेट्रोलियम पदार्थको मूल्य घट्यो 

सप्तरी । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार राति १२ बजेर १ मिनेटदेखि लागू हुने गरि निगमले पेट्रोलमा २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा १ रुपैयाँ मूल्य घटाएको हो । 
मूल्य घटेसँगै काठमाडौँमा पेट्रोलको मूल्य अब १६३ र डिजेलको १५४ रुपैयाँ पुगेको छ । भारतबाट मूल्य घटेर आएपछि आन्तरिक बजारमा पनि मूल्य समायोजन गरिएको निगमको भनाई छ ।
 त्यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु ५ र अन्तर्राष्ट्रियतर्फ अमेरिकी डलर ३५ (प्रतिकिलोलिटर) घटेको निगमले जनाएको छ ।

   

You cannot copy content of this page