मधेस प्रदेश समाचार समाज

सिरहामा सर्पको टोकाइबाट २० वर्षीया युवतीको मृत्यु

राजविराज । सिरहामा सर्पको टोकाइबाट २० वर्षीया युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा सखुवा नन्कारपट्टी गाउँपालिका ३ की २० वर्षीया सरिता कुमारी सदा रहेकी छिन् ।
उनलाई राती सुतेको बेला करिब १२ बजे गोमन सर्पले टोकेको जनाइएको छ ।
सरितलाई तत्काल उपचारमा लैजानुभन्दा झाँक्रीकोमा लगिएको र त्यहाँ उपचार नभएपछि लहान प्रादेशिक अस्पतालमा लगिएको भएपनि चिकित्सकले मृत घोषणा गरेको जनाइएको छ ।

   

You cannot copy content of this page