समाचार

चन्द्रनहरको पानीमा डुबेको अवस्थामा एक पुरुषको शव फेला

कञ्चनरूप , १६ भदौ । सप्तरीको कञ्चनरूप नगरपालिका ६ स्थित चन्द्रनहरको पानीमा डुबेको अवस्थामा आइतबार बिहान एक पुरुषको शव फेला परेको छ ।
सप्तरीको सप्तकोशी नगरपालिका-११ का ५५ वर्षीय कर्णबहादुर तामाङको चन्द्र नहरको पानीमा डुबेको अवस्थामा शव फेला परेको हो ।
मानिस डुवेको खबर आएपछि प्रहरी घटना स्थल पुग्दा नहरको पानीमा डुबेको अवस्था तामाङको शव फेला परेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
मुचुल्का लगायतका आवश्यक प्रक्रिया पूरा गरी शव परीक्षणका लागि राजविराज पठाइएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

   

You cannot copy content of this page