समाचार

सिमानाकामा नागरिकलाई दुःख कष्ट नहुने गरी काम गर्न सुरक्षा निकायलाई गृहमन्त्री लेखीको निर्देशन 

राजविराज ,१८ भदौ । मधेश प्रदेशका गृह सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले नेपाल र भारतको सिमा नाका भएर आवतजावत गर्ने आम नागरिकलाई कुनै प्रकारको दुःख कष्ट नहुने गरी कामकाज गर्न सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन् । 
मंगलबार धनुषा जिल्लाको जटही नाकाको निरिक्षण गर्न पुगेका मन्त्री लेखीले यस्तो निर्देशन दिएका हुन् । 
मन्त्री लेखीले सिमानाकामा प्रहरीले चेकजाँचको नाँउमा तस्करहरु भन्दा बढी आमनागरिकलाई दुःख दिनेगरेको भन्ने जनगुनासो वेलावेलामा आइराखेकोले नागरिकलाई कुनै प्रकारको दुःख कष्ट नहुने किसिमले प्रतिबद्ध भएर प्रहरीले काम गर्नु पर्ने बताए । 
गृहमन्त्री लेखीले निरिक्षणको क्रममा आफनो भवन नभएर सशस्त्र प्रहरी जवानहरुलाई समेत बास बस्न र कामकाज गर्नमा समस्या देखिएकोले भवन निमार्णका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । 
धनुषाका सशस्त्र प्रहरी उपरिक्षक दर्शन गिरीले नाकामा हुने चेक जाँच र आवत जावत हुने सवारी साधनबाट उठने राजश्वको साथसाथै नेपाल भारतको सिमास्तम्भहरुको वारेमा मन्त्री लेखीलाई जानकारी गराएका थिए । 
अनुगमन टोलीमा गृहमन्त्रालयका सचिव बिरेन्द्र यादव ,सशस्त्र प्रहरीका डिआजी काली दास धवजी,अनुसन्धानका डिआजी माधव तिमिलसिना सहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकारीहरुको उपस्थिती रहेको थियो ।

   

You cannot copy content of this page