समाचार

राजविराज कारागारका महिला कैदीबन्दीहरुलाई तीज सामाग्री वितरण

कञ्चनरूप , १९ भदौ । राजविराज कारागारमा रहेका महिला कैदीबन्दीहरूलाई तीज सामग्री वितरण गरिएको छ । हरितालिका तीज महोत्सव २०८१ मुल समारोह समिति सप्तरीले महिला कैदीवन्दीहरुलाई उक्त सामाग्री वितरण गरेको हो ।
विगतको वर्ष झै कारागार पुगेको तीज महोत्सवमूल समारोह समितिका पदाधिकारीहरूले कैदीबन्दी महिलालाई मिठाई, फलफूल खुवाउनुका साथै चुरा, पोते, टिकालगायतको सृङ्गारका सामान दिएर तीजको खुशी साटासाट गरेको तीज महोत्सव आयोजक मुल समारोह समितिकी संयोजक अधिवक्ता मनु खनालले जानकारी दिनुभयो ।
त्यसअघि कारागारका महिला बन्दी गृहमा पुगेर महिला कैदीबन्दीहरूलाई दर स्वरूप मिठाई खुवाउनुका साथै सृङ्गारका सामान प्रदान गरिएको थियो ।
सामाग्री वितरण गर्दै राजविराज नगरपालिकाकी कार्यबाहक मेयर इसरत परविणले तीज सबै महिलाहरुको पर्व भएकालेे सबैले मनाउनु पर्नेमा जोड दिनुभयो । महिला कैदीवन्दीहरुलाई मनमा दुख नलिइ रमाइलो गर्न आग्रह गर्दै मेयर परविणले चांँडो तपाईंहरुको कारागार जीवन मुक्त होस भन्दै शुभकामना व्यक्त गर्नुभयो ।
कारागार जीवन बिताउनु पर्दा चाड पर्वको मुखमा उनीहरुमा पनि खुशी छाओस भन्ने उदेश्यले १४ जना महिला कैदीवन्दीहरुलाई तीज सामाग्री वितरण गरिएको आयोजक समितिकी सदस्य पुनम पोखरेलले जानकारी दिनुभयो । तीज मनाउन पाएकोमा महिलाहरु एकआपसमा खुशी साटासाट गरेर आत्मबललाई बढाएको पोखरेलले बताउनुभयो ।
उक्त अवसरमा राजविराज नगरपालिकाकी कार्यपालिका सदस्य सोनि रजक , मन्जु खड्का, नगरपालिकाकी अधिकृत कल्पना देव ,सोडेक अध्यक्ष मिरा देव, आयोजक समितिका सदस्य अनिता देवकोटा ,पुनम पोखरेल ,गीता पाण्डे मौसमी झा लगायतको सहभागिता रहेको थियो ।

   

You cannot copy content of this page