शिक्षा समाचार

सहायक क्याम्पस प्रमुख चौधरीद्वारा पदभार ग्रहण

कञ्चनरुप , १९ भदौ ।
रूपनगर नन्दराज संग्रौला क्याम्पसको सहायक क्याम्पस प्रमुखमा श्रवण कुमार चौधरीको आज पदवहाली भएको छ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष गिरिराज संग्रौलाले अवीर लगाइ दिएर पुष्ष गुच्छा दिँदै पदवहाली गराएर चौधरीलाई वधाइ तथा शुभकामना दिनु भयो। क्याम्पस प्रमुख प्राध्यापक दीपक कुमार गजुरेलले पुष्प गुच्छा दिएर नव नियुक्त सहायक क्याम्पस प्रमुख चौधरीलाई वधाइ दिँदै क्याम्पसको प्रगतिमा उहाँको विद्वताको महत्वपूर्ण योगदान हुने विश्वास व्यक्त गर्नु भयो।
सो अवसरमा रूपनगर नन्दराज संग्रौला क्याम्पस सञ्चालक समितिका सदस्यहरू राजकुमार साह, सरस्वती देवी निरौला, प्रमोद मण्डल, हेम प्रसाद अधिकारी समेतले चौधरीलाई वधाइ दिनु भएको थियो।
क्याम्पस सञ्चालक समितिले चौधरीलाई सहायक क्याम्पस प्रमुखका साथै शिक्षक प्रतिनिधिका रूपमा क्याम्पस सञ्चालक समितिको सदस्यमा समेत मनोनयन गरेको हो।
समाचार स्रोत: रूपनगर क्याम्पस फिचर सेवा

   

You cannot copy content of this page