कोशी प्रदेश समाचार समाज

कटारीमा हत्या भएको अवस्थामा पसलभित्र आमा–छोराको शव भेटियो 

उदयपुर , २० भदौ । उदयपुरको कटारी नगरपालिका–१०, सोरुङ छबीसेमा हत्या भएको अवस्थामा आमा छोराको शव फेला परेको छ । 
किराना पसल सञ्चालन गर्दै आएकी स्थानीय ४० वर्षीया निर्मला थापा र उनका ६ वर्षीय छोरा आरुष थापाको हत्या भएको अवस्थामा शव फेला परेको हो ।
उनीहरूको शव बिहीबार बिहान आफ्नै किराना पसलमै फेला परेको प्रहरीले जनाएको छ । 
वडाध्यक्ष क्षेत्रबहादुर खड्काका अनुसार स्थानीय ग्राहकहरूले पसलमा आमाछोराको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । आमाको शव भूइँमा घोप्टो परेको र छोराको शव खाटमा रगतमा डुबेको अवस्थामा फेला परेको थियो । 
छोराको शरीरमा हतियारले प्रहार गरेको चोटहरू देखिएको वडाध्यक्ष खड्काले जानकारी दिएका छन् ।
घटनास्थल कटारी बजारबाट ३२ किलोमिटर उत्तर पहाडी क्षेत्रमा पर्दछ। प्रहरीले घटनास्थलमा पुगेर तत्कालै अनुसन्धान सुरु गरिरहेको जनाएको छ।
घटनाको राति निर्मला र उनका छोरा पसलमै बास बसेका थिए । 
मृतक निर्मला थापाका श्रीमान् अशोक थापा दुई वर्षअघि कान्छी श्रीमती लिएर भारत गएका थिए ।

   

You cannot copy content of this page