मधेस प्रदेश समाचार समाज

धनुषाको लक्ष्मीनियामा पोखरीमा डुबेर तीन बालकको मृत्यु 

धनुषा । धनुषाको लक्ष्मीनियामा पोखरीमा डुबेर तीन बालकको मृत्यु भएको छ । बुधबार बेलुका लक्ष्मीनिया गाउँपालिका-७ स्थितको पोखरीमा डुबेर ९ वर्षीय आयुष साह, १० वर्षीय आदित्यकुमार साह र १४ वर्षीय सुशान्त साहको मृत्यु भएको हो । 
 मावलमा भोज खान आएको उनीहरु नजिकैको पोखरीमा पौडी खेल्न जाँदा डुबेका हुन् । सबै भोजभतेरमा व्यस्त रहेको बेला बालकहरु पोखरीमा डुबेका हुन् ।
उनीहरु तीनैजनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको प्रहरीको भनाई छ। 
घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ ।

   

You cannot copy content of this page