समाचार

नगरस्तरिय युवा संजालका सदस्यहरूका लागि दुई दिने क्षमता अभिबृद्धि तालिम

रवि शर्मा /
भारदह, २० भदौ । हनुमाननगर कंकालनी नगरस्तरिय युवा संजालका सदस्यहरूका लागि दुई दिने क्षमता अभिबृद्धि तालिम विहिवार सम्पन्न भएको छ ।
सबल नेपालक‍ो आयोजित तथा युएसएआईडीको सहयोग र द एशिया फाउन्डेशन मुख्य प्रायोजनमा उक्त कार्यक्रम सम्पन्न भएको हो । नागरिक, समाज तथा संचार कार्यक्रम अन्तर्गत सिमान्तकृत समुदायका महिला, युवा, किशोर किशोरीहरूको अधिकार अभियानको लागि गठित युवा संजालका सदस्यहरूलाई क्षमता बिकास तालिमको आयोजना गरिएको छ ।
कार्यक्रममा हनुमाननगर कंकालनी नगरपालिका का नगर प्रमुख विरेन्द्र माझीले युवालाई सिर्जनशील, सीपयुक्त, उद्यमी र जिम्मेवार नागरिकको रुपमा विकसित हुने अवसर राज्यले सृजना गर्नुपर्ने बताए । युवालाई राज्य सञ्चालन प्रकृयामा समावेश गर्न नसकेमा राष्ट्रले उनीहरुको उर्जा र प्रतिभाबाट लाभ लिनुको सट्टा कुलत, विकृति, द्वन्द्व र अस्थिरताको सामना गर्नुपर्ने स्थिति आएको समेत बताए । नगर प्रमुख माझीले युवा संजाल सक्रिय र संगठित भएर सामाजिक मुद्वा र सवालमा अगाडि बढेमा पालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत गरे ।
योजना तर्जुमामा युवाको सहभागिता, कानुन निर्माणमा युवाको सहभागिता, युवामैत्री बार्षिक नीति, युवा निर्दिष्ट बजेटको ब्यबस्था, योजना कार्यान्वयनमा युवाको सहभागिता, अनुगमन मुल्याङ्कनमा युवाको सहभागिता बारेमा सहजिकरण गरिएको छ । त्यस्तै युवा क्षमता बिकास तालिमवाट युवाहरूको समस्या, मुद्वा, सवालहरूको वारेमा पैरबी, बकालत गरी समस्याको सामाधान गरी समुदायलाई सचेत र शिक्षित बनाउने उदेश्य रहेको छ ।
सो तालिममा सबल नेपालका परमेश्वर झा, कार्यक्रम म्यानेजर शुभनारायण भिणवार यादबले सहजिकरण गरेका थिए ।

जिल्लाको १८ वटै पालिकामा गठित युवा संजालका सदस्यहरूलाई क्षमता बिकास तालिम सुरू गरिएको सबल नेपालका कार्यक्रम म्यानेजर शुभनारायण भिणवार यादबले जानकारी दिए ।

   

You cannot copy content of this page