समाचार

नवलपरासीमा बसको ठक्करबाट हजुरआमा र नातिको मृत्यु

काठमाडौं । नवलपरासी बर्दघाट सुस्तापूर्वमा बसको ठक्करबाट हजुरआमा र नातिको मृत्यु भएको छ । मृत्यु हुनेमा गैँडाकोट-११ की ५५ वषीया श्रीमाया मानन्धर र सात वर्षीय नाति विशाल श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
शुक्रबार राति कावासोतीतर्फ जाँदै गरेको ना ७ ख २५२५ नम्बरको बसले पूर्व–पश्चिम राजमार्गअन्तर्गत बर्दघाट सुस्तापूर्वको गैँडाकोट नगरपालिका–१० भैसाखोरीमा श्रीमाया र विशाललाई ठक्कर दिएको थियो । विशालको घटनास्थलमै मृत्यु भएको थियो। 
घाइते श्रीमायाको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्तापूर्वले जनाएको छ । 
प्रहरीका अनुसार ठक्कर दिने सवारीसाधनका चालक प्रहरी नियन्त्रण छन् । 

   

You cannot copy content of this page