कोशी प्रदेश समाचार समाज

पथरीशनिश्चरेबाट नियन्त्रीत औषधी सहित एक युवक पक्राउ

मोरङ, २३ भदौ । मोरङको पथरीशनिश्चरे नगरपालिका ४ कुशल चौकबाट नियन्त्रीत औषधी सहित एक युवकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका २५ वर्षीय सरोज श्रेष्ठ रहेका छन् । 
शनिबार राती ९ बजे अस्थाई प्रहरी पोष्ट कुशलबजारबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई पक्राउ गरेको हो । 
श्रेष्ठलाई प्रहरीले घरैबाट ट्रामाडोल ७२४ चक्की र डिकोलिक ४८० चक्की सहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । 
 पक्राउ परेका उनको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

   

You cannot copy content of this page