समाचार समाज

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ 

सिन्धुपाल्चोक ,२५ भदौ । सिन्धुपाल्चोकमा १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बह्रबिसे नगरपालिका–८ का २२ वर्षीय चिनलाल तमाङलाई सोमबार पक्राउ गरेको हो ।
पीडित बालिकालाई आरोरोपितले भदौ २३ गते बलात्कार गरेको आरोपमा पीडितले भदौ २३ गते इलाका प्रहरी कार्यालय बाह्रबिसेमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर वीरेन्द्रकुमार यादवले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा भदौ २३ गते गरिएको प्रहरीले जनाएको छ ।

   

You cannot copy content of this page