समाचार

काठमाडौँको एक गेष्ट हाउसमा सर्लाहीका कर्णको शव फेला

काठमाडौं । काठमाडौँ एउटा गेष्ट हाउसमा मंगलबार दिउँसो एक जना पुरुषको शव भेटिएको छ ।
काठमाडौँ महानगरपालिका–११ भोटेबहालस्थित निलगिरी गेष्ट हाउसमा सर्लाहीको हरिपुर नगरपालिका–८ घर भएका ६५ वर्षीय शशीकुमार लाल कर्ण मृत भेटिएका हुन ।
सो गेष्ट हाउसको तीन तलाको कोठ नम्बर ८ मा यही भदौ २२ गतेदेखि बस्दै आएका कर्ण मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
मृतकको शव पोष्टमार्टमका लागि पठाइएको सो घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

   

You cannot copy content of this page