समाचार

पत्रकार महासंघको निर्वाचन तोकिएकै मितिमा गर्न प्रेस चौतारी नेपालको माग

राजविराज, २६ भदौ । प्रेस चौतारी नेपालले पत्रकार महासंघको चुनाव असोज ५ गते नै गर्ने गरी कार्यतालिका प्रकाशनलगायत प्रक्रिया अगाडि बढाउन ध्यानाकर्षण गराएको छ ।

महासचिव हिरामान लामाले एक विज्ञप्ति जारी गर्दै निर्वाचनको पूर्वसन्ध्यामा महासंघका अध्यक्ष विपुल पोखरेलको राजीनामापछि विकसित घटनाक्रमप्रति ध्यानाकर्षण भएको जनाएका छन ।

चौतारीद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कुनैपनि घटनाक्रमबाट प्रभावित नभई घोषित मिति आगामी असोज ५ गते निर्वाचन सम्पन्न गर्ने गरी कार्यतालिका प्रकाशन लगायत आवश्यक सम्पूर्ण प्रक्रिया अगाडि बढाउन सम्बद्ध सबै पक्षलाई प्रेस चौतारी नेपाल अपील गर्दछ ।’ पत्रकार महासंघको यसअघि पटक–पटक समय थप्दा समेत निर्वाचन गराउन असफल भएपछि अध्यक्ष पोखरेलले राजीनामा दिएका थिए ।

   

You cannot copy content of this page