सुनसरी । सुनसरीमा बेवारिसे अवस्थामा रहेको ८ सय ४६ किलोग्राम लागुऔषध गाँजा प्रहरीले बरामद गरेको छ ।
कोशी गाँउपालिका-६ हरिपुर स्थितमा बेवारिसे अवस्थामा रहेको ८ सय ४६ किलो लागुऔषध गाँजा प्रहरीले बरामद गरेको हो ।
भदौ २७ गते इलाका प्रहरी कार्यालय भण्टाबारी र प्रहरी चौकी हरिपुरबाट खटिएको प्रहरी टोलीले २८ वटा बोरामा राखेको ८ सय ४६ किलोग्राम गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
बरामद भएको गाँजाको सम्वन्धमा अन्य थप अनुसन्धान भईरहेको जनाइएको छ ।