कोशी प्रदेश समाचार

बेवारिसे अवस्थामा रहेको ८ सय ४६ किलोग्राम गाँजा बरामद

सुनसरी । सुनसरीमा बेवारिसे अवस्थामा रहेको ८ सय ४६ किलोग्राम लागुऔषध गाँजा प्रहरीले बरामद गरेको छ । 
कोशी गाँउपालिका-६ हरिपुर स्थितमा बेवारिसे अवस्थामा रहेको ८ सय ४६ किलो लागुऔषध गाँजा प्रहरीले बरामद गरेको हो  ।
भदौ २७ गते इलाका प्रहरी कार्यालय भण्टाबारी र प्रहरी चौकी हरिपुरबाट खटिएको  प्रहरी टोलीले  २८  वटा बोरामा राखेको ८ सय ४६ किलोग्राम  गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 
बरामद भएको गाँजाको सम्वन्धमा अन्य थप अनुसन्धान भईरहेको जनाइएको छ ।

   

You cannot copy content of this page