मधेस प्रदेश समाचार समाज

सप्तरीको भारदहमा विङ्गरको ठक्करबाट नातिको मृत्यु, हजुरआमा घाइते 

कञ्चनरूप , ३० भदौ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका वडा नम्बर १ भारदहमा आइतबार वीङ्गरको ठक्करबाट नातिको मृत्युु भएको छ भने हजुरआमा घाइते भएकी छिन् । 
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र १-०२-००१ ज ३८६६ नं को वीङ्गरको ठक्करबाट स्थानीय महेश्वर अधिकारीको १ वर्षिय छोरा आदर्श अधिकारी र उनको हजुरआमा वर्ष ५० की अनिता अधिकारी गम्भीर घाईते भएका थिए । 
उक्त ठक्करबाट गम्भीर घाइते भएका आदर्शको बिराट नर्सिङ होम बिराटनगरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
 ठक्करबाट घाइते भएकी अनिता देवीको टाउको, छाति, बाया खुट्टालगायतका भागमा चोट लागेको छ । उहाँको उपचार भइरहेको छ । 
प्रहरीले विङ्गर चालक सप्तरी छिनमस्ता गाउँपालिका ७ बस्ने ३२ वर्षीय अबदुल सतारलाई नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 
वीङ्गर चालकको लापरबाहीले दुर्घटना भएको भन्दै आक्रोसित स्थानीयबासी तथा घाइतेका आफन्तहरुले सडक अवरुद्ध गरी विरोध प्रदर्शन गरेका छन् । 
टायर बालेर प्रदर्शनमा उत्रिएका  स्थानीयले माग सम्बोधन नभएसम्म अनिश्चितकालीन सडक अबरुद्ध गर्ने अडान लिएका छन् ।

   

You cannot copy content of this page