मधेस प्रदेश समाचार समाज

सप्तरीको महुलीमा २८ वर्षीय युवक मृत अबस्थामा फेला

कञ्चनरूप , ०२ असोज । सप्तरीमा एक २८ वर्षीय युवक मृत अबस्थामा फेला परेका छन्  । सप्तरीको अग्नीसाईर कृष्णासवरण गाउँपालिका वडा नम्बर ६ स्थित महुलीमा बुधबार विहान ७ बजे मोहनपुर बस्ने रामकाजी पोखरेलको २८ वर्षीय छोरा इश्वर पोखरेल मृत फेला परेका हुन् । 
महुली बजारदेखि ३ सय मिटर पूर्व स्थानीय घुरण चौधरीको धान खेतको आलीमा पोखरललाई मृत भेटिएको प्रहरीले जनाएको छ । 
युवक खेतको आलीमा ढलेको देखेर स्थानीयले खबर गरेपछि प्रहरी घटना स्थल पुग्दा उनलाई मृत अबस्था भेटिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 
घटना स्थलमा प्रहरी अनुसन्धान टोली खटाई घटना बारे अनुसन्धान गरीरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी महेन्द्र नेपालले जानकारी दिए ।

   

You cannot copy content of this page