समाचार

मोटरसाइकल र सिटी एकआपसमा ठोक्किएर दुर्घटना हुँदा घाइते एक जनाको मृत्यु

कञ्चनरूप , ५ असोज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित कोशी बाँधमा शुक्रबार भएको दुर्घटना परी  घाइते मध्ये  एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहका विन्देश्वर पैकराको छोरा मोटरसाइकल चालक बर्ष २१ का लक्ष्मण पैकराको उपचारको क्रममा शुक्रबार राती मृत्यु भएको हो । 
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको  बा २६ प ६४०१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र-१०२-००३ ह ३५२१ नम्बरको सिटी एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो । ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक पैकराको विपि कोइराला स्वास्थ्य विज्ञन प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 
सोही मोटरसाइकलको पछाडि सवार कञ्चनरुप नगरपालिका ७ का हिरा लाल महतोकी छोरी बर्ष १९ की काजल भन्ने चन्दा मेहताको उपचार भइरहेको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।
 दुर्घटनामा सुनसरी कोशी गाउँपालिका ८ का सिटी चालक बर्ष २० का संतोष कामैत सामान्य घाइते भएका थिए । 
मोटरसाइकलमा सवार घाइते दुबैजनालाई तत्कालै स्थानीयको सहयोगमा प्रहरीले उद्वार गरी उपचारको लागि अस्पताल पठाएकोमा एकजनाको मृत्यु भएको जनाइएको छ । 
घाइते युवतीको धरानमा भेन्टिलेटरमा राखी उपचार भइरहेको तथा सिटी र सिटी चालकलाई इलाका प्रहरी कार्यालय भारदरको नियन्त्रणमा राखी आवश्यक कारबाही अगाडी बढाइएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

   

You cannot copy content of this page