समाचार समाज

राजविराजबाट हराएका ८ वर्षीय बालक नालामा डुबेको अवस्थामा मृत फेला

कञ्चनरूप, १२ असोज । सप्तरीको राजविराजमा हिजाेदेखि हराएका ८ वर्षीय बालक मृत अवस्थामा फेला परेका छन् ।

राजविराज नगरपालिका वडा न. ८ का ८ वर्षीय प्रिन्स कुमार साहकाे शव आज बिहान घर नजिकै नेपाल प्रहरीको तालिम केन्द्र अगाडिको नालाको पानीमा डुबेको अवस्थामा मृत फेला परेको हाे । 

हिजो दिउँसो पौने ५ बजेतिरबाट बालक हराइरहेका थिए । स्थानीयका अनुसार प्रहरी तालिम केन्द्र नजिकै माछा मारिरहेको दृश्य हेर्न निस्किएका बालक एक्कासी हराइरहेका थिए ।

 मृतक बालककाे शव पोस्टमार्टमका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको तथा घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

   

You cannot copy content of this page