समाचार

कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड ६ लाख क्युसेक नाघ्यो, पुलमाथिबाटै पानी बग्यो

कोशी ब्यारेज । सप्तकोशी नदीस्थित कोशी ब्यारेजमा पानीको बहाव यो वर्षकै उच्च अवस्थामा पुगेको छ ।
शनिबार राति ९:४० बजेसम्मको मापनमा कोशी नदीमा पानीको बहाव प्रतिसेकेण्ड ६ लाख क्युसेक नाघेको छ ।
पानीको बहाव उच्च भएपछि कोशी व्यारेजस्थित सप्तकोशी नदीको पुलमाथिबाटै पानी बगिरहेको छ ।
ब्यारेजका सबै ५६ वटै ढोका खोलिएका छन् । ब्यारेजका सबै ढोका खोलिँदा पनि पानी पुलमाथिबाट गइरहेको छ ।
अहिले कोशी ब्यारेजको पुलबाट आवतजावत बन्द गरिएको छ ।
सप्तकोशी जलमापन केन्द्रले कोशी ब्यारेजमा एक लाख ५० हजार क्युसेक बहाव हुनेबित्तिकै खतराको सूचक भन्दै रातो झन्डा र बत्ती बाल्ने गरेको छ ।

   

You cannot copy content of this page