समाचार

कोशी ब्यारेज पुलमा सवारी आवतजावत सुचारु भयो

कञ्चनरूप , १३ असोज । कोसी ब्यारेजको पुलमा आवागमन खुला गरिएको छ । आइतबार साँझ साढे ५ बजेबाट पुलमा रहेको फोहोर सफा गरिएपछि यातायात र पैदलयात्रीलाई आउजाउ गर्न दिने निर्णय गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीले जानकारी दिनुभयो ।
२५ घण्टापछि पानीको बहाव घटेपछि कोशी पुलबाट  आवतजावत खुला गरिएको हो। आइतबार बिहानबाट पानीको बहाव निरन्तर कम हुँदै गए पनि पुलमा बाढीले थुपारेको फोहोर सफा गर्न समय लागेको थियो ।
कोसी ब्यारेज भएर पानीको बहाव अत्यधिक भएर पुलमाथिबाटै बाढी बग्न थालेपछि शनिबार दिउँसो ४ बजेबाट पुलमा यातायात संचालनमा रोक लगाइएको थियो ।
उच्च बहावका कारण कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएका थिए  ।

   

You cannot copy content of this page