कोशी प्रदेश समाचार समाज

बराहक्षेत्रमा सिटि सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर चौधरीको मृत्यु

सुनसरी, असोज १३ गते । सुनसरीको बराहक्षेत्रमा सिटि सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । 
शनिबार राति बराहक्षेत्र नगरपलिका-४ स्थितमा सिटि सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर ५५ वर्षीय भिखन चौधरीको मृत्यु भएको छ । 
 राती ८ बजे आफ्नै घरमा सिटि सफारी चार्ज गर्ने क्रममा अचानक करेन्ट लाग्दा चौधरीको घटना स्थलमा नै मृत्यु भएको हो ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भईरहेको छ ।

   

You cannot copy content of this page