समाचार समाज

ज्ञानमणि पोखरेल तीन साता देखी बेपत्ता, खोजिदिन परिवारको सबैसँग आग्रह

कञ्चनरुप, १५ असोज। वरिष्ठ पत्रकार एवम् समाजसेवी विश्वमणि पोखरेलका भाइ ज्ञानमणि पोखरेल तीन साता देखी बेपत्ता भएकोले खोजिदिन उहाँको परिवारले सबैसँग आग्रह गर्नुभएको छ ।
कञ्चनरुप नगरपालिका वडा नम्बर ९ का पोखरेल २१ दिन अगाडि काठमाडौंमा छोराको बिवाहा सकेर घर आएको बेलुका देखिनै बेपत्ता हुनुभएको हो ।
उहाँलाई अन्तिम पटक एकसाता अगाडी सुनसरीको झुम्कामा उहाँको स्थानीयसँग भेट भएको परिवारजनले बताएका छन् ।
झुम्कामा पोखरेल परिवारको आफन्तहरू भएतापनि भेट नभए पछि खोजी गर्दा नभेटिएकोले परिवार चिन्तित छन् । उहाँको ठेगाना सप्तरीको कञ्चनरुप नगरपालिका-९ रुपनगर, मिल टोल हो ।
घरबाट कसैलाई नभनी हिँडेका ५६ वर्षीय ज्ञानमणि मानसिक रूपमा एभनर्मल छन् । बोली रहन्छन् । लगाएको घडी हेरिरहन्छन् । घरबाट हिँड्दा नीलो हाफ पेन्ट, घिउ कलरको भेष्ट लगाउनु भएको उहाँलाई देख्नेहरूले विश्वमणि पोखरेलको फोन ९८५११२२८३५ मा खबर गरिदिन वा नजिकको प्रहरी चौकीमा सम्पर्क गराई दिन परिवारले अनुरोध गरेको छ ।

   

You cannot copy content of this page