समाचार

झापाको हल्दिबारीमा जंगली हात्तीको आक्रमणबाट १ जनाको मृत्यु

झापा, १८ असोज । झापाको हल्दिबारीमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका-३ का ६५ वर्षीय वाङदी गुरुङ रहेका छन् । 
बिहीबार बिहान स्थानिय रणकाली सामुदायिक जंगलमा घाँस काटेर फर्कने क्रममा जंगली हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।
घटनाको जानकारी प्राप्त हुनसाथ प्रहरी तत्काल खटिएको तथा कानुनी प्रकृया पश्चात शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

   

You cannot copy content of this page