कोशी प्रदेश समाचार समाज

करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर ३८ वर्षीय रामकुमारको मृत्यु

झापा, २१ असोज । करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर झापाको मेचीनगर नगरपालिका-८ स्थित राजपैनीमा एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३८ वर्षीय राम कुमार गिरी रहेका छन् । 
आइतबार बिहान घर नजिकै रहेको पैनीमा बिद्युतिय तारबाट करेन्ट सप्लाई गरी माछा मार्ने क्रममा अचानक करेन्ट लागेर रामकुमार घाईते भएका थिए ।
घाइते उनको बि एण्ड सि अस्पताल बिर्तामोडमा उपचार क्रममा मृत्यु इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ । 
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

   

You cannot copy content of this page