समाचार

फत्तेपुर तर्फ जाँदै गरेको स्कारपियोबाट १ सय २० किलो गाजाँ सहित दुई जना नियन्त्रण  

कञ्चनरूप, २२ असोज । सप्तरी प्रहरीले १ सय २० किलो लागुऔषध गाजाँ सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्कारपियो चालक जिल्ला सिरहा भगवानपुर गाउँपालिका वडा नं.०४ बस्ने महेन्द्र चौधरीको छोरा वर्ष ३७ को चन्देश्वर चौधरी र सह-चालक भगवानपुर गाउँपालिका ०२ बस्ने धनजित यादवको छोरा वर्ष ६० को राम दुलार यादव रहेका छन् । 
मंगलबार बिहानको ८:३० बजेको समयमा कञ्चनरूप ०७ स्तिथ प्रहरी चौकी धरमपुर सप्तरीको चेक पोइन्टमा खटिएको प्रहरी टोलीले फत्तेपुर देखी कञ्चनपुरतर्फ आउँदै गरेको सेतो रङगको बिआर ०७ बिए ४५७८ नम्बरको स्कारपियो गाडी शंकास्पद लागी रोकी चेकजाँच गर्दा उक्त गाँजा बरामद भएको हो । 
स्कारपियो भित्र लुकाइ छिपाइ राखिएको ५ वटा बोरामा जम्मा १ सय २० किलोग्राम लागुऔषध गाजाँ बरामद गरिएको इलाका प्रहरी कार्यालय कञ्चनरूपले जनाएको छ ।
बरामद भएको गाँजासहित दुई जनालाई नियन्त्रणमा लिइ आवश्यक कानुनी प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

   

You cannot copy content of this page