मधेस प्रदेश समाचार

सप्तरी प्रहरीद्वारा ७ थान साइकलसहित कुरमुरे र ज्याकेट बरामद 

कञ्चनरूप, ३० असोज । सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ पथलगढामा बुधबार साइकलमा भारतबाट भन्सार छली ल्याएको कुरमुरे र ज्याकेट प्रहरीले नियन्त्रणमा लिएको छ । 
डाक्नेश्वरी-९ पथरगाडा नहर चौक स्थित प्रहरी चौकी पथरगाडाबाट गस्ती पट्रोलिङ गर्न खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा “७ थान साईकल सहित कुरमुरे र ज्याकेट” समेत वेवारिसे अवस्थामा रहेको  सामानहरु नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
नियन्त्रणमा लिएको उक्त सामान आवश्यक कारवाहीको लागि भन्सार कार्यालयमा बुझाईएको प्रहरीले जनाएको छ । 

   

You cannot copy content of this page