मधेस प्रदेश समाचार

रास्ट्रिय युवा संघ नेपालले गर्यो बाढि पिडितलाई राहत वितरण

कञ्चनरूप , १ कात्तिक ।
गत महिनामा भएको अविरल बर्षाका कारण आएको बाढी र डुवानमा परेका सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं १ कोशीभेगका पीडितहरुलाई नेकपा एमाले पार्टीको भातृ जन संगठन राष्ट्रिय युवा संघ नेपालको आयोजनामा बिहिवार राहत स्वरुप खाद्यान्न बितरण गरेका छन ।
पार्टीका पोलिटब्यूरो सदस्य सुमनराज प्याकुरेल तथा पुर्व उप सभामुख गंगा बहडखेर यादवले संयुक्तरूपमा एक जना पीडितलाई राहत बितरण गरि कार्यक्रमको उद्घाटन गरेका थिए भने पार्टीको मधेस प्रदेश सदस्य बुधन झा लगायतको नेता कार्याकर्ताहरुको उपस्थिती रहेको थियो।
युवा संघको सप्तरी अध्यक्ष अशोक यादवको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य केवल खत्री,युवा नेता आकाश यादव समेतको उपस्थितिमा कुल ८७ पीडित घरधुरीहरुलाई खाद्यान्न वितरण गरेका छन् ।

   

You cannot copy content of this page